बेघालाई रोगको भन्दा बढी देशको चिन्ता

0
117

विमल दहाल, माई ।

सामाजिक तथा राजनैतिक क्षेत्रमा कृयाशिल रहदै आएका इलाम माई नगरपालिका–४ डाँडागाँउका चन्द्र बहादुर बेघा लिम्बू “हवल्दार बा” ले देश बचाउन जाती जाती नभनी लाग्न नयाँ पिडीलाई सुझाब दिएका छन ।

क्यानसर लगायतका अनेकौ रोग सँग लड्दै गरेका ८३ बर्षिय बेघाले बर्तमान समयमा देशलाई किटाणु लागेको भन्दै संसद, सदन बचाउन आफू मरेर भए पनि देश बचाउन लाग्नुपर्ने बताएका छन । मंगोल नेशनल अर्गनाईजेशन पार्टीमा आबद्ध रहेका बेघा स्थानीय तह निर्बाचन २०७४ मा समेत उमेरद्धार भएर चुनाब लडेका थिए ।

पाँचथरको चेन्थापुमा बि.स. १९९७ सालमा जन्मिएका “हवल्दार बा” २०२५ सालमा भुतपुर्ब सैनिक संगठनमा आबद्ध हुनुभएको थियो । २०२८ सालमा प्रहरी सेवामा प्रबेश गर्नुभएका बेघा त्यसको ३ बर्षपछी सरकारले बन बिभागमा जाने की प्रहरीमा भनी सोधनी हुदा बन बिभाग रोजेर ३८ बर्ष सेवा गरेको बताउनु हुन्छ ।

आफुले सेवा गरेको क्षेत्र सझदै हल्दार वा पश्चिम चितवन, सिराहा, उदयपुर, मोरङ्ग, काशी, धरान, झापा, सप्तरी, इलाम लगायत क्षेत्रमा रहदाका साथी भाई संझदै पुराना अनुभव सुनाउनु हुन्छ । सबै भन्दा मिल्ने साथी मिनराज बिश्कर्मा हाल बिर्तमोड रहनुभएको भन्दै कही बर्ष अघि पेन्सन लिन जाँदा भेट भएकोमा पुराना दिन झै माया ममता र सद्भाव भएको तर बर्तमान समयमा युवाहरु प्रति बिश्वास, इमान्दारीता, माया, ममता सद्भाव हराउदै गएको बताउनुहुन्छ ।

बिगत ३ बर्ष देखी रोगबाट थलिएका “हवल्दार बा” को घाँटीमा क्यान्सर रहेको बि एण्ड सी अस्पतालले भनेको छ । तीन महिना देखी केही खान नसक्ने अवस्थामा हुनुहुन्छ, बेघाकी श्रीमती नरमाया बताँउनु हुन्छ । बेघा परिवार आर्थिक अबस्था कमजोर भएकै कारण थप उपचारमा जान सकेका छैनन ।

रोग संग लड्दै ओच्छयानमा थलिएका बेघा उनलाई हेर्न आउने आफन्त र छरछिमेक संग रोगको भन्दा बढी देशको चिन्ता गर्ने गरेका छन । बेघाका २ श्रीमती, ७ छोरी, ३ छोरा, २८ नातीनातीना रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here