इथियोपियाद्वारा रंगशाला निर्माण गरिरहेको चिनियाँ कम्पनीसँगको सम्झौता रद्द

0
158

काठमाण्डौ,

अफ्रिकी मुलुक इथियोपियाले चिनियाँ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ । इथियोपियाले राजधानी आदिस अबाबामा निर्माणधीन आदे अबाबा राष्ट्रिय रंगशालाको सम्झौता रद्द गरेको हो ।

दुई पक्षबीच रंगशाला निर्माणका लागि हुन आउने खर्चका बारेमा सहमति जुट्न नसकेपछि चिनियाँ कम्पनीसँग सम्झौता रद्द गरेको हो ।

इथियोपियाबाट प्रकाशित हुने इथियोआनेगरी अनलाइनले जनाएअनुसार मुलुकको सँस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले चिनियाँ कम्पनी चाइना कन्स्ट्रक्सन एण्ड डिजाइन कर्पोरेसनसँगको सम्झौता रद्द गरेको हो ।

मन्त्रालयले उक्त कम्पनीलाई १२ अर्ब ५० करोड इथियोपियन बीर अर्थात् २३ करोड अमेरिकी डलरभन्दा धेरै तिर्न तयार भएपनि कम्पनीले १७ अर्ब बीर अर्थात् करिब ३१ करोड ६० लाख अमेरिकी डलरको माग गरेको जनाइएको छ ।

कम्पनीले माग गरेको रकम तिर्न नसकिने इथियोपियाका सँस्कृति एवम् खेलकुदमन्त्री केजेला मेगेर्साले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here