अफ्रिकाका १३ देशमा सैन्य अड्डा खोल्ने तयारीमा चीन

0
95

काठमाडौं ।

अफ्रिकी देशहरूलाई ऋणमा चुर्लुम्म डुबाएपछइ अब चीनले उनीहरूलाई आफ्नो आर्थिक गुलाम बनाउने तयारी गरेको छ। सी जिनपिङले १३ अफ्रिकी देशहरू पहिचान गरेका छन् जहाँ चीनले आफ्नो सैन्य आधार खोल्न सक्छ। चीनले पहिलेबाट नै जिबुतीमा आफ्नो विदेशी सैन्य आधार सञ्चालन गरिरहेको छ।

गत वर्ष त्यहाँ चिनियाँ नौसेनाको युद्धपोतको तैनाथीले सारा विश्वको कान ठाडो पारिदिए तापनि जिबुतीमा रहेको बेस लजिस्टिक आवश्यकताका लागि मात्रै भएको चीनको दाबी गरेको थियो। चीनले हालसम्म ४० नौसेना टास्क फोर्स नियुक्त गरेको छ। यो फोर्सले सात हजारभन्दा बढी चिनियाँ र विदेशी जहाजलाई सुरक्षा दिएको छ। यसैको आडमा चीनले अफ्रिकी देशहरूमा लगातार आफ्नो सैन्य उपस्थिति बढाउँदै गइरहेछ।

सन् २०२१ को रिपोर्टमा अमेरिकी रक्षा विभागले चीनले अफ्रिकामा आफ्नो सैन्य उपस्थिति बढाउनका लागि गोला, केन्या, सेशेल्स, नामिबिया र तान्जानिया जस्ता १३ अफ्रिकी देशहरूमा सैन्य अड्डाहरू खोल्ने विचार गरिरहेको बताएको थियो। चीनले अफ्रिकामा कम्तिमा 46 वटा बन्दरगाह निर्माण वा वित्त पोषित गरेको छ, वा वर्तमानमा तिनीहरूलाई चिनियाँ राज्य-स्वामित्वका जहाजहरूद्वारा सन्चालित गरिएका छन्।

चीनले रणनीतिक रूपमा महत्वपूर्ण मोजाम्बिकको बीरामा एउटा नौसैनिक अड्डालाई निर्माण र विकास गरेको छ। यो बन्दरगाहले चीनलाई मोजाम्बिकका साथै जाम्बिया र जिम्बाब्वेसँग व्यापार गर्न मद्दत गरेको छ। चीनले मोजाम्बिकको मापुटो प्रान्तको काटेम्बे क्षेत्रमा सैन्य अड्डा स्थापित गर्ने सम्भावना पनि खोजिरहेको छ।

चीन अफ्रिकाको पश्चिमी तटमा स्थित इक्वेटोरियल गिनीमा पनि सैन्य आधार बनाउने विषयमा विचार गरिरहेको छ। इक्वेटोरियल गिनी चिनियाँ निर्यातका लागि एक महत्त्वपूर्ण देश प्रमाणित हुन् सक्छ।

हालैक वर्षहरूमा, इक्वेटोरियल गिनीमा चीनको ऋण कुल सकल घरेलु उत्पादनको ४९.७ प्रतिशत पुगेको छ। इक्वेटोरियल गिनी कोरोना भाइरस महामारीको समयमा चिनियाँ खोपहरू प्राप्त गर्ने पहिलो अफ्रिकी देश थियो। चीनले इक्वेटोरियल गिनीमा एयर फोर्स बेसको सम्भावनालाई पनि विचार गरिरहेको छ।

देशसँग भारी-लिफ्ट मालवाहक विमानहरूलाई समर्थन गर्न सक्षम तीन एयरफिल्डहरू पनि छन्, जसमध्ये एउटा बाटा बन्दरगाह नजिकै अवस्थित छ। यसबाहेक, बाटा र मलाबोका गहिरो पानी बन्दरगाहहरूलाई पनि चिनियाँ नौसेनाका युद्धपोतहरूका लागि प्रयोग गर्न सकिन्छ।

सन् २००६ मा चीनको आयात-निर्यात बैंकले बाटा बन्दरगाहको प्रारम्भिक निर्माणका लागि वित्त पोषित गरेको थियो। यो बन्दरगाह सन् २०१४ मा सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीको फर्स्ट हार्बर इन्जिनियरिङ कम्पनीले निर्माण गरेको थियो। पछि यो बन्दरगाह चीनको नै अर्को सरकारी कम्पनी द चाइना रोड एण्ड ब्रिज कर्पले अपग्रेड गरेको थियो ।

चीन अफ्रिकाको पूर्वी तटमा रहेको तान्जानियाको बागामोयो बन्दरगाहको विकास कार्य पुनः सुरु गर्न इच्छुक छ। यसका लागि चीनले १.३ अर्ब डलर ऋण दिएको छ । यदि चीन मोजाम्बिक र इक्वेटोरियल गिनीमा नौसेना अड्डाहरू स्थापना गर्न सफल भयो भने, त्यहाँ धेरै सम्भावनाहरू छन् कि अफ्रिकी बन्दरगाहहरू नौसेना अड्डाहरूमा रूपान्तरण हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here