नेपालमा बढ्दै भारतको सहयोगः भारतीय सहयोगमा बनेको कलेज हस्तान्तरण

0
143

काठमाडौं ।

भारतको सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि बनेको कलेज भवन आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कलेज व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेका हुन।

भवन हस्तान्तरण समारोहमा नेपालका पूर्व परराष्ट्र मन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति थियो ।

भारतिय दुतावासका अनुसार ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ दशमलव ८६४ करोडमा निर्माण भएको हो। कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि वढाईएको हो।

विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले स्थापनाकालदेखि नै यस कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । यहाँ विभिन्न जिल्लाका १ हजार ५सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् ।

यस बाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बस सहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here