भारतीय कम्पनी सोमानी र मुरारका समूहले भैरहवामा २ अर्ब लगानीमा उद्योग सञ्चालनमा ल्याउँदै

0
126

काठमाडौं । 

मुरारका समूहले भारतीय सेरामिक कम्पनी सोमानीको संयुक्त लगानीमा टायल उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

सन् २०२३ बाटै उत्पादन बजारमा ल्याउने गरी मुरारका समूहले सोमानीसँग सोमबार समझदारी गरेको हो ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सहकार्यबारे जानकारी गराइएको हो ।

भैरहवामा १३ बिघा जग्गामा मुरारका समूहले प्लान्ट स्थापनाको काम थालिसकेको छ । मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले पहिलो चरणमा २ अर्ब रुपैयाँ लगानीमा ३० लाख वर्गमिटर क्षमताको टायल उत्पादन गर्ने जानकारी गराउनुभयो । त्यसको केही समयपछि दोस्रो चरणमा फेरि ३० लाख वर्गमिटर उत्पादन क्षमता थप्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा सेरामिकको माग एक करोड ८० लाख वर्गमिटर र आफुहरुले नेपाललाई आवश्यक सेरामिकको ३३ प्रतिशत पूरा गर्ने मुरारकाले बताउनुभयो । कुल ९५ प्रतिशतसम्म टायल आयात हुँदै आएकोमा आफुहरुको उत्पादन सुरु भएपछि आयात क्रमशः घटाउँदै लग्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

आर्थिक संकटको समयमा ठूलो लगानीको उद्योग स्थापना गरेर आशा जगाउने प्रयास गरेको समेत मुरारकाले उल्लेख गर्नुभयो । करिब ७ करोड ४० लाख वर्गमिटर उत्पादन क्षमता रहेको भारतीय कम्पनी सोमानीको नेपाल पहिलो अन्तर्राष्ट्रिय फुट प्रिन्टका साथै पहिलो संयुक्त लगानीमा स्थापित उद्योग रहेको सोमानीका प्रबन्ध निर्देशक अभिषेक सोमानीले जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here