बेपत्ता चिनियाँ अर्बपति सरकारी अधिकारीहरूसँग रहेको खुलासा

0
227

काठमाडौं।

करिब दुई साताअघि देखि हराइरहेका चिनियाँ अर्बपति टेक्नोलोजी डीलमेकर बाओ फ्यानले चिनियाँ अधिकारीहरूलाई अनुसन्धान गर्न सहयोग गरिरहेको उनको बैंकले जनाएको छ।

चाइना रेनेसान्स होल्डिङ्स बैंकका सीईओ बाओ फ्यान सम्पर्कमा नरहेको भन्दै ११ दिनअघि यो बैंकले विज्ञप्ती जारी गरेको थियो।

चीनको बैंकिङ क्षेत्रका अर्बपति बाओ फ्यान गायब चाइना रेनेसान्स होल्डिङ्सको सीईओ एवं संस्थापकसँगै बाओ चीनका एक अग्रणी डिल ब्रोकर हुन् जसका ग्राहकहरूमा शीर्ष टेक्नोलोजी कम्पनीहरू दिदी र मीटुआनसमेत रहेका छन्। बाओ बेपत्ता भएपछि फर्मको शेयर घटेको थियो। तर, सोमबार बढेको छ।

बैंकले हङकङ स्टक एक्सचेन्जको फाइलिङमा भनेको छ,’बाओले हाल जनवादी गणतन्त्र चीनका केही अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको कुरा बोर्डले थाहा पाएको छ।’

‘कम्पनीले उचित रूपमा सहयोग गर्नेछ र सम्बन्धित पीआरसीका अधिकारीहरूले कुनै पनि कानुनी सहयोगको अनुरोध गरे त्यो पनि गरिनेछ,’ कम्पनीले अघि भनेको छ। उनी सम्पर्कमा आएको भने पनि, यसले अनुसन्धान र बाओको ठेगानाको बारेमा कुनै थप विवरण दिएको छैन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here