सुरुङ्गा । 
सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा शान्तिपूर्ण, निष्पक्ष र तोकिएको मापदण्डभित्र रही स्ववियू चुनाव सम्पन्न गर्न स्ववियु निर्वाचन समितिगठनगरिएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्रविद्यार्थी युनियन (स्ववियु) निर्वाचनकालागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समितिगठनगर्न दिएको निर्देशन बमोजिम निर्वाचन समिति गठन गरिएको हो ।
कनकाई बहुमुखीक्याम्पस सुरुङ्गाको सञ्चालक समितिको बैठकले सहायक क्याम्पस प्रमुख उपप्राध्यापक शेरबहादुर बानियाँको संयोजकत्वमा ७ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन समिति गठन गरिएको छ ।
समितिको सदस्यमा उपप्राध्यापकहरू देवेन्द्रकुमार राई, कमला सुवेदी, टीकाराम घिमिरे, सहायक प्राध्यापक कुमार पाठक र कर्मचारी किरण ढकाल रहेको पब्लिक क्याम्पस प्राध्यापक सङ्घ एकाइ समिति सचिव दिनेश तिम्सिनाले जानकारी दिए । नियमतः सो निर्वाचन समितिको प्रमुख संरक्षक क्याम्पस प्रमुख रहनेछन् ।
समितिले त्रिवि स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०७९ को अधिनमा रहीकाम गर्नेछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको निर्देशन बमोजिम आगामी चैत ५ गते उपत्यका सहित देशभरका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने तय भएको छ ।
देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्य तालिका समेत सार्वजनिकभइसकेको छ । कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूचीप्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्य तालिका अनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
प्रत्येक दुई दुई वर्षमाहुने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि.सं. २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।































