जरुवा टोलमा सूर्यज्योती तेक्वान्दो डोजाङको प्रशिक्षण हल निर्माण गर्ने

0
381

अर्जुनधारा ।

विगत ७ वर्षदेखि तेक्वान्दो खेलको प्रशिक्षण गराउँदै आएको सूर्यज्योती तेक्वान्दो डोजाङले झापाको अर्जुनधारा–४ स्थित जरुवा टोलमा प्रशिक्षण हल निर्माण गर्ने भएको छ ।

स्थानीयस्तरमा तेक्वान्दो खेलको प्रबद्र्धन र खेलाडी उत्पादन गर्ने उद्देश्यले ट्रेनिङ हल निर्माण गर्न लागिएको डोजाङका प्रमुख प्रशिक्षक दीपेन्द्र दनुवारले बताए ।

डोजाङका अध्यक्ष फूर्वा तामाङको अध्यक्षता र नेपाल तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यमा बुधबार आयोजित शिलान्यास कार्यक्रममा हल निर्माण स्थलमा भूमिपुजन गरिएको थियो ।

प्रमुख अतिथि सुब्बा, अर्जुनधारा–१का वडाध्यक्ष उपेन्द्र बस्नेत र अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवालले संयुक्तरुपमा भूमिपुजन गरेका थिए । एक कठ्ठा जमिनमा निर्माण हुने हलमा हलसहित कार्यालय, शौचालय आदि रहने बताइएको छ ।

एक वर्षभित्र निर्माण सम्पन्न हुने हलको अनुमानित लागत १५ लाख रुपैयाँ लाग्ने डोजाङका अध्यक्ष तामाङले जानकारी दिए । कार्यक्रममा वडाध्यक्षद्वय बस्नेत र कटुवाल, तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक जीतेन्द्र मेचेलगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा संघ झापाका वरिष्ठ उपाध्यक्ष कुमार भट्टराई, सहसचिव लक्ष्मी राजवंशी, निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, सूर्यज्योती अङग्रेजी आवासिय विद्यालयका प्रधानाध्यापक गणेश बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।

डोजाङ प्रमुख प्रशिक्षक दनुवारले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपक ढुंगानाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here