दुर्घटनामा दुई जनाको मृत्यु

0
92

 

झापा, झापाको कन्काई नगरपालिका–८ लक्ष्मिपुर चौक स्थितमा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३२ बर्षीय सन्तोष गुरुङ र ३७ बर्षीय खगेन्द्र बयलकोटी रहेका छन् । गएराति १२ बजे पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो क्रस गर्दै गरेको अवस्थामा ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । तीव्र गतिमा रहेको कारले उनीहरुलाई ठक्कर दिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here