मतदाता आध्यावधिकमा सहयोगको अपिल

0
169

झापा, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अध्यावधिक गर्ने कार्यमा राजनीतिक दल र आम जनसमुदायले प्रविधिको प्रयोग मार्फत सहयोग गर्न अपिल गर्नु भएको छ ।

समाचारसंग मिल्न सक्ने तस्बीर ।

जिल्ला निर्वाचन कार्यालय झापाद्वारा राजनीतिक दल र पालिकाका फोकल पर्सनहरुका लागि जिल्ला प्रशासन कार्यालायमा आज आयोजित अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पोखरेलले नागरिक बैधताका लागि मतदाता आफैले अनलाईन मार्फत नाम समावेश गर्ने, सच्च्याउने र दावी बिरोध गर्नसक्ने सफ्टवेयर निर्वाचन आयोगले प्रयोगमा ल्याएको जानकारी दिनुभयो ।

समापन समारोहलाई सबै राजनैतिक दलका तर्फबाट सम्बोधन गर्दै नेपाली काङ्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रविधिसगै पार्टीका गतिविधिहरु परिचलित हुन र गर्न नसके जनतासगको सम्बन्ध र सम्पर्क बिस्तारमा कठिनाई उत्पन्न हुनसक्ने भनाई राख्नुभयो ।

अनलाईन मार्फत घरमै बसेर मतदाता नामावलीमा नाम दर्ता गर्ने, बिवरण सच्याउने, दाबिबिरोध दर्ता गराउने कार्यमा झापाका सबै राजनीतिक दलहरु प्रतिवद्ध रहेको काङ्ग्रेस सचिव हुमागाईले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा नेकपा एमालेकस कार्यालय सचिव छविलाल बिक, नेपपा मओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्नि, राप्रपाका अध्यक्ष केशव ओझा, लोसपाका अदक्ष अनुत राजबन्शी, सहयक प्रमुख जिल्ला रुद्र न्यौपाने, राष्ट्रिय अनुसन्धान बिभागका एस पी तुलसी प्रसाई लगयत सुरक्षा निकाय, राजनैतिक संघसंगठनका प्रतिनिधि र कार्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here