बिर्तामोडमा राइट पाथ

0
84

बिर्तामोड , काठमाडौंमा मुख्य कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङले झापाको बिर्तामोडमा ७ औं शाखा सञ्चालन गरेको छ ।
राइट पाथले बिदेश अध्ययनका लागि जाने बिद्यार्थीलाई उचित शैक्षिक परामर्शसहित बिभिन्न कक्षा, तथा अध्ययनका लागि जाने देश तथा बिद्यालयको बिषयमा जानकारी दिने उदेश्यले बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको हो । सन् २०१६ मा काठमाडौंबाट शुरु भएको राइटपाथको सेवा बानेश्वर, ललीतपुर, चितवन, दाङ, हेटौडा, बुटवल हुँदै बिर्तामोडमा ७ औं शाखाको रुपमा बुधवार (आज) उद्घाटन भएको हो । बिर्तामोड शाखाको उद्घाटन लोकप्रिय नायिका तथा ब्राण्ड एम्बासिडर पूजा शर्माले गरेकी छिन् । अध्ययनका लागि विश्वका बिभिन्न देशहरुमा जाने बिद्यार्थीहरुलाई समयमै सहि र गुणस्तरीय सूचना प्रदान गरी निरन्तर उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको उद्घाटन अघि बिर्तामोडमा आयोजित पत्रकार भेटघाटका क्रममा राइटपाथका संस्थापक फिलिप डिसीले जानकारी दिए । उनले चाँडै पोखरामा पनि शाखा सञ्चालन गर्ने बताए । राइटपाथले बिशेष गरेर अस्ट्रेलिया, न्यूज्वल्याण्ड, क्यानाडा, युएसए, युके, जापान साथै बिभिन्न युरोपियन देशहरु साथै भारतमा अध्ययनका लागि जाने विद्यार्थीको नेतृत्व विकास गरी विदेश पठाउने, भाषा सिकाउने, अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार सञ्चालन गर्ने साथै विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गर्नेलगायतका कार्य गर्ने जनाइएको छ । पत्रकार भेटघाट कार्यक्रममा बिर्तामोड शाखाका प्रबन्ध निर्देशक रविन पाठक, सिनियर काउन्सिलर प्रकाश खतिवडा, सुशन पाठक, प्रज्वल खनाललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here