सुरुङ्गामा झापा जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिता

0
169

झापा, 
नारी दिवसको अवसर पारेर कनकाई खेलकूद प्रतिष्ठानको आयोजनामा झापा जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको सातौ संस्करण सुरुङ्गामा शुरु भएको छ ।
कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा कनकाई नगर खेलकूद विकास समितिको सह–आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म सुरुङ्गास्थित कनकाई माविको खेल मैलानमा प्रतियोगिता शुरु भएको हो । महिला फुटवल प्रतियोगिताका उद्घाटन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बुधवार (आज) गरेका छन् ।
आठ वटा टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन कार्यक्रमको अध्यक्षतामा कनकाई खेलकूद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको रहेको थियो । स्वागत प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले गरेको कार्यक्रममा कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी, कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव मान्ता खरेलले गरेकी थिइन् । उद्घाटन खेल आयोजक कनकाई नगर र शिवसताक्षी नगरबिच भएको छ ।
उद्घाटन कार्यक्रममा प्रतियोगिता संयोजक ज्योतीकुमार उप्रेती, कनकाई नगर खेलकूद विकास समितिका अध्यक्ष जस्विन तिम्सिना, कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदी, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, समाजसेबी शेरबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

यसैबीच आयोजक कनकाई महिला फुटबल क्लब बिजयी भएको छ । आयोजक टिमका तर्फबाट लक्ष्मी श्रेष्ठले ४ गोल र मनिता तम्रुककले १ गर्दा शिवसताक्षी महिला फुटबल क्लबले १ गोल गरेको थियो । बिजयी टिमले ५ गोल गर्दा उपबिजेता टिमले १ गोल गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here