राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुनधारा नगरपालिकालाई

0
98

झापा, १३ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।
यसै साता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो । अघिल्लो वर्षको उपाधि विजेता भद्रपुर नगरपालिका यस वर्ष दोस्रो स्थानमा झरेको छ । भद्रपुरले ८ स्वर्ण, ६ रजत र ३ कास्यसहित १७ पदक प्राप्त गर्यो ।
तेस्रो स्थानमा रहेको हल्दिाबरी गाउँपाालिकाले ७ स्वर्ण, एक रजत र ९ कास्य गरी १७ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधामा सञ्चालन गरिएको प्रतियोगिताको चौथो स्थानमा मेचीनगर नगरपालिका र पाँचौं स्थानमा विर्तामोड नगरपालिका रहे । झापामा १५ वटा स्थानीय तह रहेका छन् ।
यस वर्ष झापाको कनकाई नगरपालिकाको कनकाई मावि, सूर्योदय बोर्डिङ र ग्लोबल बोर्डिङ स्कूलमा प्रतियोगिता सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भणरीले जानकारी दिनुभयो । यो प्रतियोगितामा छनोट भएका खेलाडी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने उहाँले बताउनु भयो ।
प्रतिनिधसभा सदस्य लालप्रसाद साँवाले उख्घाटन गर्नुभएको प्रतियोगिताको समापन सोमबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा गरिएको थियो । समापन समारोहका बीच शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here