अनेमसङ्घ कनकाईको नेतृत्व चयन

0
176

सुरुङ्गा ।

नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ कनकाई नगरको नयाँ नेतृत्व चयन गरिएको छ ।

सङ्घको दोस्रो अधिवेशनले महिला नेतृ मीरा भट्टराईको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि सर्वसम्मत ३५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

अघिल्लो कमिटीमा कोषाध्यक्ष रहेकी भट्टराई विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध छन् । कमिटीको उपाध्यक्षमा अनिता राई, सचिवमा मञ्जु सापकोटा, उपसचिवमा लक्ष्मी कटुवाल र कोषाध्यक्षमा गोमा कोइरालालाई चयन गरिएको छ ।

कमिटीको सदस्यमा प्रमिला खरेल, दिव्यसरा फुयाँल, निर्मला कोइराला, नर्वदा भेटवाल (संग्रौला), बेबिका चापागाईं, खुमा सिग्देल, पवित्रा गिरी, सञ्जिता घतानी (ल्वागुन), पुनम बजगाईं, टीका गौतम, मन्दिरा विक, चिन्ता रिजाल, कुमारी पाठक, विष्णुकुमारी तिम्सिना रहेका छन् ।

त्यसैगरी, सदस्यमा रञ्जु बस्नेत, कमला दाहाल, राधिका भट्टराई, सरिता अधिकारी, सृजना लाम्गादे, कल्पना भट्टराई (तिम्सिना), रत्ना खडका, अम्बिका मैनाली, गोमा संग्रौला, कल्पना मगर, उषा दवाडी, निर्मला खडका, रेनुका खवास, नरादेवी मगर, बिमला धमला र पुजन बाराकोटी चयन भएको एमाले नगर कमिटी उपसचिव खिनमाया खतिवडाले जानकारी दिइन् ।

अधिवेशनको बन्दसत्र सञ्चालनका लागि अनेमसङ्घ जिल्ला कमिटी अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा एमाले कनकाई नगर अध्यक्ष खड्गप्रसाद प्रसाईं, उपाध्यक्ष विनोद रानामगर, अनेमसङ्घ जिल्ला कोषाध्यक्ष कोपिला ढकाल (चौलागाई) र अनेमसङ्घ जिल्ला सदस्य एवम् कनकाई नगर इञ्चार्ज सीता भट्टराई (अधिकारी) रहेको अध्यक्ष मण्डललाई जिम्मेवारी दिइएको थियो ।

सर्वसम्मत नेतृत्व चयनका लागि अनेमसङ्घ जिल्ला कोषाध्यक्ष कोपिला ढकाल (चौलागाई) को संयोजकत्वमा रहेको निर्वाचन मण्डलीले भूमिका निभाएको थियो ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिबद्धता मन्तव्य राखेको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा अनेमसङ्घ कनकाई नगर कमिटी अध्यक्ष एवम् कनकाई नगर पूर्व उपप्रमुख मञ्जु प्रसाईं, अनेमसङ्घ जिल्ला सदस्य सुनिता खरेल (सिग्देल), एमाले झापा क्षेत्र नं. ४ का इञ्चार्ज हीराकुमार थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here