अग्निपीडित व्यवसायीलाई राहत प्रदान

0
132

दमक ।

दमक उद्योग वाणिज्य संघले अग्नीपीडित तीन जना व्यवसायीलाई व्यवसायी हित कोषमार्फत जनही ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

संघले आगलागी स्थलमा संक्षिप्त कार्यक्रम गरी एकैसाथ राहत सहयोग प्रदान गरेको हो । गत माघ १ गते भएको आगलागीबाट पीडित बनेका दमक–६ स्थित नमूना बजारका व्यवसायीहरु संगीता श्रेष्ठ, गजराज श्रेष्ठ र विजयकुमार श्रेष्ठलाई राहत सहयोग हस्तान्तरण गरिएको अध्यक्ष गोपाल गुरागाँईले बताए । त्यहाँ उनीहरुसहित नौ जनाको पसल आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

संघ मार्फत् कोषमा आबद्ध भएका सदस्यहरुलाई विपद्का समयमा राहत पु¥याउन छुट्टै कोष स्थापना गरिएको र त्यसबाट प्राप्त हुने ब्याज मार्फत् सहयोग पु¥याउँदै आएको अध्यक्ष गुरागाँईले बताए । कोषमा अहिले ९० लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

राहत हस्तान्तरणमा संघका अध्यक्ष गुरागाँईसहित पूर्व अध्यक्ष विजय बराल, संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रुवल अधिकारी, सदस्यहरु सञ्जीव बराल, हेमसिंह अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी संघले आफ्ना सदस्य लक्की सिटौलाका पिता स्व. लेखनाथ सिटौलाको निधनमा समवेदनासहित राहत कोषमार्फत् २५ हजारको चेक समेत हस्तान्तरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here