प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

0
192

झापा।

झापाको कनकाई नगरपालिका–३ र बिर्तामोड नगरपालिका–४ बाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका–८ का २६ बर्षीय मदन बिश्वकर्मा र कनकाई नगरपालिका–४ का ४१ बर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ मा शंकास्पद अवस्थामा बसीरहेका राजबिराज नगरपालिका–७ सप्तरीका ३५ बर्षीय मो. नसिम र सखुवानकरकट्टी गाउँपालिका–२ सिरहाका २० बर्षीय शिवशंकर यादबलाई चेक जाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भए सँगै उनीहरुले प्रयोग गरेको स ६ प ५६११ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here