डाक्टरको चरम लापरवाही भन्दै विरोध प्रर्दशन

0
148

पथरी शनिश्चरे, 

लोकगायक गौरव दर्पणकी अढाई वर्षिया छोरीको उपचारको क्रममा डाक्टरको चरम लापरवाहीका कारण निधन भएको भन्दै विरोध प्रदर्शन भएको छ।

आज मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थित जनआन्दोलन चोकमा गायक दर्पणकी छोरी प्रशंसा गौतमको न्यायका लागि विरोध कार्यक्रम भएको हो ।

विरोध सभामा प्रशंसाको मृत्यु चिकित्सकको चरम लापरवाहीको कारण भएको र काठमाडौंमा रहेको हिमालय अस्पतालका डा.जयदेव यादवलाई सरकारले चाडो भन्दा चाडो कडा भन्दा कडा कारवाही होस् भन्दै पथरीशनिश्चरेवासीहरूले जोडदार माग गरेका थिए ।

“पुर्वै रमाईलो” बोलको गीत गाएर लोकप्रियता कमाएका लोकप्रिय गायक दर्पणकी दिवंगत छोरी प्रशंसा गौतमलाई न्याय दे, डा.जयदेव यादवलाई कारवाही गर र हजारौं प्रशंसाहरुको रक्षा गर, हिमालय अस्पताल मुर्दावाद, जयदेव यादवले आफ्नो गल्ती स्वीकार गर, नेपाल चिकित्सक संघमा को को बस्छन् ? जस्ता नाराहरु सहित लेखिएको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

विरोध कार्यक्रममा पथरीशनिश्चरे नगरकी पूर्व मेयर यमुना विष्ट वास्तोला, पथरी जेसीजका अध्यक्ष सुवर्ण के.सी, कला साहित्य प्रवर्धदन समितिका अध्यक्ष अमीर राई , दाह्री ग्याङका अध्यक्ष अमर महरा,पुर्व जनप्रतिनिधि पर्शुराम न्यौपाने, लगायतका वक्ताहरुले राज्यको तर्फबाट पीडित र पीडितको परिवारलाई अविलम्व न्याय दिनको लागि माग गर्दै नावालिका प्रशंसाको उपचारमा संलग्न चिकित्सकलाई तत्काल कारवाही गर्न आग्रह गरेका थिए।

उक्त अवसरमा सयौंको संख्यामा नगरबासीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here