पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा खटायो केन्द्रीय पदाधिकारी

0
119

काठमाडौँ। 

नेपाली कांग्रेसले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सातवटै प्रदेशमा पार्टीका केन्द्रीय पदाधिकारीलाई खटाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।

सोही अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् ।

फागुन १९ गते हुने प्रदेशस्तरीय भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ । पौडेलका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ छन् । निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here