बसको ठक्करबाट एक जनाको मृत्यु

0
208

मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मे १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०२–०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा–६ का ३५ बर्षीय थम प्रसाद कोईराला र मोटरसाईकल पछाडि सवार रहेका उनका ६० बर्षीय बुवा उमाकान्त कोइरालालाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक बेलबारी नगरपालिका–११ का नरबहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here