अर्जुनधारा ।

मानवीय सेवा तथा सामाजिक कार्य गर्ने उद्देश्यले गत जनवरी १ मा स्थापना भएको इनरवील क्लब अफ अर्जुनधाराको पद हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
मातृसंस्था इनरवील क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष सम्झना भण्डारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि इनरवील क्लब झापाकी अध्यक्ष सीमा झाले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि झाले नवनिर्वाचित अध्यक्ष सुनिता प्रसाईं खरेललाई गोम ग्याबल र प्रमाण पत्र हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेकी थिइन् ।

नवनिर्वाचित अध्यक्ष खरेलको व्यक्ति परिचय सदस्य मुना पौडेलले गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा प्रेस क्लबका संस्थापक अध्यक्ष कुमार भट्टराई, वीरता लेडी जेसीजकी अध्यक्ष संगिता गिरीलगायतले मन्तव्य राखेका थिए ।
इनरवील क्लब झापाकी सचिव टुना थापाले इनरवील प्रार्थना गरेको कार्यक्रममा नवनित एकाडेमीका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । क्लबकी उपाध्यक्ष पूर्णीमा सिटौलाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य मेनुका ओलीले गरेकी थिइन् ।
































Congratulations to entire team❤️