किशोरी आत्मरक्षा तालिम

0
127

कमल ।

पछिल्लो समय यौनजन्य तथा विभिन्न प्रकारका हिंसात्मक घटनाका कारण किशोरीहरु समस्यामा पर्ने गरेका छन् ।

यौनजन्य तथा विभिन्न प्रकारका घटनाबाट किशोरीहरु कसरी सुरक्षित रहने र त्यस्ता घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापाको कमल गाउँपालिकामा किशोरी आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ ।

कमल–२स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको सभाहलमा सञ्चालित तालिममा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमध्ये ११ वटा विद्यालयका ३६ जना किशारीहरु तालिममा सहभागी भएका थिए ।

किशोरीमाथि शारीरिक तथा मानसिक रुपमा हुने गरेका विभिन्न घटनाबाट सुरक्षित रहनका लागि यो तालिम प्रभावकारी भएको बताइएको छ । कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने भनिन्– तपाईहरुले तालिममा आत्मरक्षाका धेरै सिप सिक्नुभएको छ, त्यो सिप तपाईहरुलाई जतिबेला आवश्यक पर्छ तेति बेला प्रयोग गर्नेे हतियार सावित हुनेछ ।

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमुमार शाक्यले यस्ता तालिमले किशोरीमाथि हुने हिंसाका घटनामा कमी आउने विश्वास व्यक्त गरे । पाँच दिनको तालिममा किशोरीलाई शारीरिक तथा मानसिक रुपमा आत्मरक्षा सम्बन्धी विभिन्न प्रकार तालिम सिकेका छन् ।

प्रशिक्षक मदन उप्रतीले यस्ता तालिमले किशोरीमाथि हुने हिंसा न्यूनीकरण गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए । तालिमले किशोरीमा आत्मबल बढ्नु, मानसिक र शारीरिक रुपमा धेरै परिवर्तन ल्याएको शहीद धर्मभक्ता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मधुसुदन अधिकारीले बताए । कार्यक्रम कमल गाउँपालिका महिला तथा वालवालिका शाखा रीता कार्कीले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here