विद्यालयहरुको भवन निर्माण प्रक्रिया शुरु

२२ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

झिलझिले ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरुको भवन निर्माण प्रकृया शुरु भएको छ ।

झापाको शिवसताक्षी नगरमा यो वर्ष ८ वटा विद्यालय छनौटमा परेका थिए । विद्यालयको आवश्यक्ता र बर्गिकरण गरेर शिक्षा मन्त्रालयले विद्यालयलाई रकम उपलब्ध गराएको थियो ।

शिवसताक्षी नगरपालिका ८ मा रहेको झिलझिले माध्यमिक विद्यालयको भवन निर्माण सोमबार देखि सुरु भएको छ । स्थानियबासी, निर्माण तथा ढुवानी व्यवसायी, पत्रकार, राजनीतिककर्मी, शिक्षक, विद्यार्थी लगायतको सहभागितामा भवनको भूमी पुजन गरिएको हो ।

विद्यालयकी कक्षा १२ मा अध्यनरत छात्रा मुना काम्बाले कोदालोले जग खनेर भवन निर्माणको सुरुवात गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक खेम निरौलाका अनुसार ४५ लाखको लागतमा ४ कोठा भएको एक तले भवन निर्माण हुने भएको हो ।

विद्यालयले पेश गरेको कार्यक्रमको आधारमा छ लाख ५० हजार देखि एक करोड रुपैंया सम्म विद्यालयले प्राप्त गर्ने गरी मन्त्रालयले विद्यालयको छनौट गरेको थियो । अर्थ मन्त्रालयले पठाउने उक्त रकम स्थानीय सरकारको खाता मार्फत् सम्बन्धित विद्यालयले सोझै प्राप्त गर्ने छन् ।

निर्माणाधिन भवनको अनुगमन विद्यार्थीले गर्ने छन् । भूमी पुजन कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थाीलाई उपस्थित गराइएको थियो । प्रधानाध्यापक निरौलाले भने, ‘विद्यालयको भवन सरकार र यहाँको समाजको सम्पती हो । यसको संरक्षण, सुरक्षा र अनुगमन तपाईँहरुको काँधमा छ ।’

विद्यालय व्यवस्थापन समिति, विद्यालयको प्रसाशन साखालाई भवनमा प्रयोग हुने निर्माण सामाग्रीमा तपाईहरुले देखेका र संका लागेमा बस्तुमा लिखित वा मौखिक उजुरी गरिदिन निरौलाले विद्यार्थीलार्य अनुरोध गरे । भवन निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तरमा एक इन्च पनि तलमाथि नगर्न निर्माण र ढुवानी व्यवसायीलाई प्रधानाध्यापक निरौलाले अनुरोध गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुँगानाले पठनपाठनको अतिरिक्त समयमा विद्यार्थीलाई भवनको अनुगमन गर्ने जिम्मा दिईएको बताए । ‘गुणस्तरमा नो कम्प्रपाईज,’ उनले भने । विद्यालयको आवश्यक अन्य भवन निर्माणका लागि श्रोत साधनको पहिचान गर्ने कार्य भइरहेको उनले बताए ।

झिलझिले माध्यमिक विद्यालयलाई उच्च क्षमताका शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने योजनामा विद्यालय व्यवस्थापन समिति लागि परेको उनले बताएका छन् । गुणस्तर, भवन निर्माण र विद्यालय बसका लागि दाता संग समन्वय भइरहेको पनि उनले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here