‘एअनेशिसं’ कोशी प्रदेश कमिटीको नेतृत्व चयन

२२ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

भोजराज न्यौपाने(सुनसरी)को अध्यक्षतामा ५१ सदस्यीय कोशी प्रदेश कमिटी गठन गर्दै नेकपा माओवादी केन्द्र पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो अधिवेशन उदयपुरमा सम्पन्न भएको छ ।

नवगठित कमिटीको उपाध्यक्षत्रयमा डिल्लीराम खतिवडा(मोरङ), राजेश यादव(मोरङ) र कमलप्रसाद रिमाल(खोटाङ), महिला उपाध्यक्षमा खिनमाया लिम्बू(ताप्लेजुङ), महासचिवमा कपिलदेव तिम्सिना(झापा) र उपमहासचिवमा कमलप्रसाद बाँस्कोटा(पाँचथर) चयन भएका छन् ।

त्यसैगरी अर्थ उपमहासचिवमा टेकनाथ नेपाल(ओखलढुंगा), सचिवद्वयमा शिवराम राई(उदयपुर) र ऋद्धीबहादुर चर्मकार(भोजपुर) र महिला सचिवमा गोमा पोखरेल(इलाम) चयन भएका छन् ।

प्रदेश कमिटीका अध्यक्ष खड्गबहादुर थापाको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि पूर्व सभामुख एवम् पार्टी केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । सोही अधिवशनमा प्रदेश अन्र्तगत विभिन्न जिल्लाका संगठनमा आबद्ध २१ जना सेवानिवृत्त शिक्षकलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मणिराज खम्बू, वैकल्पिक केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मोहन खत्री, प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ, ताप्ली गाँउपालिकाका अध्यक्ष तुंगराज वि.क., संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष दीनानाथ तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वरिष्ठ उपाध्यक्ष बिमला नेपालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव राजेश यादवले गरेका थिए । सो अधिवेशनले संगठनको सांगठनिक प्रतिवेदन पारितसँगै प्रदेश कमिटीलाई शिक्षाको कार्ययोजना हस्तान्तरण गरेको नवनिर्वाचित महासचिव तिम्सिनाले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here