किसानहरुलाई कृषि सामग्री वितरण

0
82

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका अन्तर्गत कृषि शाखा तथा पशुपन्छी शाखाले नगरभित्रका किसानहरूलाई विभिन्न कृर्षि जन्य सामग्रीहरू अनुदानमा उपलब्ध गराएको छ।

आर्थिक वर्ष २०७९/०८० को ५० प्रतिशत अनुदानमा नगरपालिका र किसान बिच ५०/५० प्रतिशतको साझेदारीमा ४ थान मिनिटिलर, १० थान दाना पिस्न २० थान च्याफकटर किसानहरुलाई मेशिनरी सामग्रीहरू वितरण गरिएको हो ।

नगरभित्र अनुगमन गरी छनोट भएका किसानहरुलाई नगरकी उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र लेखा शाखा प्रमुख पिताम्बर वस्तीले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।

वितरण पछि आयोजित कार्यक्रममा बोल्दै नगर उपप्रमुख काफ्लेले अनुदानमा दिएका सामाग्रीहरुको सही तरिकाले सदुपयोग गरिदिन समेत किसानहरूलाई अनुरोध गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here