सम्भावित प्रतिबन्ध लगाउन सहयोगीको समर्थन खोज्दै अमेरिका

0
95

काठमाण्डौं ।

बेइजिङले युक्रेनमा युद्धका लागि रुसलाई सैन्य सहयोग उपलब्ध गराएमा चीनमाथि नयाँ प्रतिबन्ध लगाउने सम्भावनाको बारेमा संयुक्त राज्य अमेरिकाले नजिकका सहयोगीहरूसँग आवाज उठाइरहेको चार अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

यस विषयमा भइरहेको परामर्शहरु अहिले प्रारम्भिक चरणमा रहेको र कुनै पनि सम्भावित प्रतिबन्धहरूको लागि समर्थन समन्वय गर्न विभिन्न देशहरू विशेष गरी जी-७ बाट अमेरिकाले समर्थन खोजिरहेको छ।

वाशिंगटनले कस्ता खाले प्रतिबन्ध लगाउने छ भन्ने कुरा स्पष्ट छैन र यो विषय पहिलो पटक रोयटर्सले प्रकाशित गरेको जनाएको छ। अमेरिकी अर्थमन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । वाशिंगटन र यसका सहयोगीहरूले पछिल्ला हप्ताहरूमा चीनले रुसलाई हतियार उपलब्ध गराउने विचार गरिरहेको भनेको छ ।

तथापि यसलाई बेइजिङले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका सहयोगीहरूले यो विषयलाई सार्वजनिक रूपमा प्रमाणीत गर्न सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here