किराया अर्जुनधारा नगर कार्यसमितिको नेतृत्व चयन

२५ फाल्गुन २०७९, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिको आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा विजय साम्पाङ राई चयन भएका छन् ।

कार्यसमितिमा यस अघि सदस्य रहेका उनी संस्थाको बिहीबार सम्पन्न १०औं नगर अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।

त्यसैगरी नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भूपा थुलुङ राई, उपाध्यक्षमा आशा राई, सचिवमा सिंहबहादुर राई, सहसचिवमा प्रेमबहादुर राई, कोषाध्यक्षमा सुम्निमा राई र सदस्यहरुमा जमुना राई, ढाकबहादुर राई र सोमा राई चयन भएका छन् ।

नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिकी संयोजक चिजा राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । २१ सदस्यीय कार्यसमितिको बाँकी सदस्यहरु पहिलो बैठकबाट मनोनयन गरिने सचिव सिंहबहादुर राईले जानकारी दिए ।

समितिका अध्यक्ष क्या.मानबहादुर चाम्लिङ राईको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि किरात राई यायोक्खा झापाकी सहसचिव चिजा राईले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष क्या.मानबहादुर चाम्लिङ राईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, सहसचिव सोमा राईले आर्थिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भूपा राईले किरात राई कल्याणकारी कोषको प्रगति प्रतिवेदन, सांस्कृति विभागका संयोजक एवम् वरिष्ठ उपाध्यक्ष क्या.शिवकुमार चाम्लिङ राईले विभागको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी अर्जुनधारा–९स्थित साकेला थानमा नवनिर्मित भौतिक पूर्वाधारहरु शौचालय, घेराबारा र खानेपानी व्यवस्थापनको प्रगति प्रतिवेदन निर्माण समितिका सदस्य सिंहबहादुर राईले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा जम्मा आम्दानी चार लाख ७६ हजार दुई सय ६० रुपैयाँ, जम्मा खर्च तीन लाख ४८ दुई रुपैयाँ र जम्मा बचत एक लाख २३ हजार नौ सय ५८ रुपैयाँ उल्लेख गरिएको छ ।


सोही कार्यक्रममा ज्येष्ठ सदस्यद्वय गणेश थिम्रा राई र पूर्णमाया राई, उत्कृष्ट बचतकर्ता क्या.असनबहादुर राई, असल ऋणी डम्बरसिंह वान्तवा राई र दाता देवीमाया वान्तवा राईलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगर सभा सदस्य देवकुमार राई, किराया झापाका प्रमुख सल्लाहकार दिपीन राई, संस्थापक अध्यक्ष भोजबहादुर वान्तवा राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका वरिष्ठ उपाध्यक्ष क्या.शिवकुमार चाम्लिङ राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सरिता राईले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here