पथरीशनिश्चरेमा दोस्रो पटक जग्गा धनीपूर्जा वितरण

0
125

पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा दोस्रो पटक सुकुम्बासीहरुलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ ।

बिहीबार पथरीशनिश्चरे वडा नं–८ मा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङबाट प्राप्त भएको १० वटा जग्गा धनीपूर्जा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गर्नुभएको हो ।

धनीपूर्जा प्राप्त गर्नेहरुमा आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, गोपालबहादुर तामाङ, गोमादेवी भुजेल, लालीमाया भुजेल र रामबहादुर थापा रहनुभएको छ ।

नगर प्रमुख तुम्वापोले पूर्जा वितरणका यथार्थ कुराहरू वडावासीमा माझ प्रष्टाउनुभएको थियो । वडा नं–८ को सभाहलमा भएको सो कार्यक्रम वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको थियो । वडाध्यक्ष कार्कीले भन्नुभयो–‘अब वडामा थप धनीपूर्जा छिट्टै नै वितरण गरिनेछ ।’

त्यस्तै सो कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, झमक बहादुर लिम्बू, वडा स्तरीय भूमि सहजीकरण समितिका सदस्य टिकाराम खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई वडा सचिव दिर्घराज रायले सञ्चालन गर्नुभएको थियो ।

यसभन्दा अघि वडा नं– ८ मा नै सुशिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङले माघ महिनामा ११ जनालाई पूर्जा वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here