लागूऔषध ब्राउनसुगर सहित पाँच जना पक्राउ

0
118

बिराटनगर।

झापा र सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका ५ फुटबल चोकमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्दा स्कुटी चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटीमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका-८ का २१ बर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–२ का २० बर्षीय विश्वास संग्रौलाको कोठामा लागूऔषध बेचबिखान भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड नगरपालिका ४ का २० बर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका ८ की २० बर्षीया अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, दुई थान मोबाइल र डिजिटल तराजु एक थान सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनााएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here