चीनले सबैभन्दा ठूलो रणनीतिक चुनौती सिर्जना गरेको अमेरिका र जापानको ठहर

0
104

वाशिङ्टन ।

संयुक्त राज्य अमेरिका र जापान दुबैले चीनलाई वाशिङ्टन-टोकियो र उनीहरूका सहयोगीहरूले सामना गर्ने सबैभन्दा ठूलो साझा रणनीतिक चुनौती भएको ठहर गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जापानी समकक्षहरूसँगको २+२ मन्त्रीस्तरीय बैठकपछि दुबै देश विश्‍वको साझा रणनीतिक चुनौतीको रुपमा चीन देखा परेको बताएका हुन्।

‘हामीले जनता गणतन्त्र चीन हामी र हाम्रा सहयोगी र साझेदारहरूले सामना गर्ने सबैभन्दा ठूलो साझा रणनीतिक चुनौती भएको विषयमा सहमति जनाएका छौं,’ ब्लिन्केनले वाशिंगटनमा पत्रकार सम्मेलनमा भने।

‘हामी (रूसी) राष्ट्रपति पुटिनको युद्धको बिरूद्ध युक्रेनको साथमा छौं,’ उनले थपे। अमेरिकी शीर्ष कूटनीतिज्ञ र रक्षामन्त्री लोयड अस्टिनले आफ्ना समकक्षी जापानी विदेशमन्त्री योशिमासा हयाशी र रक्षामन्त्री यासुकाजु हमाडालाई सुरक्षा सम्बन्धी मुद्दाहरूको विस्तृत दायराबारे छलफल गर्न अमेरिका-जापान सुरक्षा परामर्श समितिको बैठक सफल भएको बताए।

दुई देशका विदेश र रक्षा अधिकारीहरूले चीनको बढ्दो शक्तिले इन्डो-प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिरका क्षेत्रमा ‘सबैभन्दा ठूलो रणनीतिक चुनौती’ खडा गरेकोमा सहमत भएको जापानको क्योडो न्यूजले रिपोर्ट गरेको छ।

दुवै पक्षले प्रतिरक्षालाई सुदृढ गर्ने र अन्तरिक्षमा समेत आफ्नो सुरक्षा सन्धिको दायरा विस्तार गर्ने वाचा गरेका छन्। जापानी विदेशमन्त्रीले आफ्ना अमेरिकी समकक्षीसँग सहमति जनाउँदै चीनको विदेश नीतिले बेइजिङको हित पूरा गर्ने अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्ने लक्ष्य राखेको र यो अमेरिका-जापान गठबन्धनको लागि ठूलो चिन्ताको विषय भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here