‘प्रगति महिलाद्वारा महिला कानुनी साक्षरता तालिम सम्पन्न

0
196

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० स्थित प्रगति महिला कृषक समूहको आयोजना र टेवा नेपालको सहयोगमा एक दिवसीय महिला कानुनी साक्षरता तालिम शनिबार सम्पन्न भएको छ ।

समूहमा आबद्ध महिलाहरुलाई कानुन र कानुनी प्रक्रिया बारे जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको समूहकी अध्यक्ष गान्धारी मिश्रले बताइन् ।

सहजकर्ता अधिवक्ता कोपिला बस्नेतले सहजिकरण गरेको तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । सहभागिहरुलाई लैंगिक समानता र महिला अधिकार सम्बन्धमा सहजिकरण गरिएको सहजकर्ता अधिवक्ता बस्नेतले जानकारी दिइन् ।

स्थानीय ज्येष्ठ नागरिक सामुदायिक भवनको सभाहलमा समूहकी अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि वडाध्यक्ष भूपेन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा निवर्तमान नगर कार्यपालिका सदस्य सकुन्तला बराल, अर्जुनधारा–१० अन्र्तगत टोल नं.१का संयोजक भीम बस्नेत, टोल नं.३का सचिव हरि चौधरीलगायतले मन्तव्य राखेका थिए ।

समूहकी उपाध्यक्ष शान्ता पोखरेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य सावित्रा मिश्रले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here