सत्तागठबन्धनबाट उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी

२७ फाल्गुन २०७९, शनिबार मा प्रकाशित

काठमाडौँ,

सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव हुनुहुन्छ । यस्तै उहाँको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन हुनुहुन्छ ।

उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताउनुभयो । निर्वाचनसम्मका लागि नै उम्मेदवारी दिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here