पथरीशनिश्चरे २ मा मन्टेश्वरी तालिम सम्पन्न

२८ फाल्गुन २०७९, आईतवार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. २ को कार्यालयमा महिला लक्षित मन्टेश्वरी तालिम सम्पन्न भएको छ ।

वडा कार्यालयको सहयोगमा नेप्ली मिडिया प्रा.लि. इटहरीको आयोजनामा ७ दिने मन्टेश्वरी तालिम सम्पन्न भएको हो ।

मिडिया प्रा.लि.कि. निशा धितालको सभापतित्वमा भएको समापन कार्यक्रममा वडाध्यक्ष नैना राईको प्रमुख आतिथ्यता रहेको थियो । वडाध्यक्ष राईले यो आधारभूत तालिम मात्र आयोजना गरिएको र अब आउने दिनमा “एड्भान्स” तालिमको आयोजना गरी वडाका महिलाहरुलाई रोजगार प्रदान गरिने बताउनुभयो । तालिममा सहभागी १९ जनालाई प्रमुख अतिथि राईले प्रमाण–पत्र वितरण गर्नुभएको थियो।

कार्यक्रममा नगरका महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल र वडा सचिव गोमादेवी पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तैगरी, वडा सदस्यहरु चन्द्र राई, खिलनाथ घिमिरे, अम्विका लिम्बु र नगरका उजुरी प्रशासक विश्वमणि निरौलाको पनि उपस्थिति रहेको थियो ।

७ दिने मन्टेश्वरी तालिमको प्रशिक्षकको भूमिका लक्ष्मी खड्काले निर्वाह गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here