पोखरीमा डुबेर भद्रपुरमा एक जनाको मृत्यु

२९ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

झापा ।

झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० बर्षीय रामकुमार लिम्बू रहेका छन् ।

पोखरीमा माछा मर्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानिय मानिसहरु र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बूलाई मृत अवस्थामा फेला पारेका थिए ।

मृत अवस्थामा फेला परेका लिम्बूको कानुनी प्रक्रिया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here