अर्जुनधारामा नौ दिवसीय उद्घोषण तालिम सम्पन्न

२९ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

गत फागुन १९ गतेदेखि झापाको अर्जुनधारा–८ वडा कार्यालयको आयोजनामा आयोजित नौ दिवसीय उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष ०७९/०८० को वडास्तरिय योजनाको दलित लक्षित कार्यक्रम अन्र्तगत आयोजित उक्त तालिमको उद्देश्य सहभागीहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउनु रहेको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए ।

स्थानीय फरवार्ड एजुकेशन फाउन्डेशनको प्रशिक्षण हलमा वडाध्यक्ष उप्रेतीको सभाध्यक्षमा आयोजित समापन कार्यक्रममा १८ जना सहभागीलाई तालिमको प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर सभा सदस्यहरु जानुका दियाली, सरु बुढाथोकी र सुजता रसाइलीलगायतले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रशिक्षार्थीद्वय पूर्ण कँडेल र प्रेरणा बर्देवाले तालिमको अनुभव बारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन अर्का प्रशिक्षार्थी दिपीका लोहारले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here