सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु एक जना घाईते

0
132

बिराटनगर।

धनकुटा र सुनसरीको छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित मुढे–लेगुवा सडक खण्डमा को २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका–९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो ।

त्यसैगरी सुनसरीको दुहबी नगरपालिका–८ कोशी राजमार्ग स्थितमा ध १ ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदल यात्री सर्लाही मलङग्वा–७ घर भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र महरालाई ठक्कर दिदा घाईते भएका महराको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो ।

इटहरी उप–महानगरपालिका–२० कोशी लोकमार्ग स्थितमा ना ६ ख १७२४ नम्बरको ट्रकले बा ९४ प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक खोटाङ केपिलासगढि गाउँपालिका–७ का २९ बर्षीय निशान राई र मोटरसाईकल पछाडि सवार धरान–१५ कि २४ बर्षीया जेनिशा राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा जेनिसा राईको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here