करेन्ट लागेर एक जनाको मृत्यु

0
202

झापा।

झापाको मेचिनगर नगरपालिका–४ राईसिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्टबहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिधुतिय करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्याालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here