कूटनीतिक वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुन्छ : प्रधानमन्त्री मोदी

0
113

काठमाडौँ, 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री मोदीले कूटनीतिक वार्ताबाट मात्रै युद्ध अन्त्य हुनेमा भारत दृढ रहेको बताएका हुन् ।

उनले सुरुबाट नै आफ्नो मुलुकले कूटनीतिक माध्यमबाट युद्धको अन्त्य होस् भन्ने चाहेको र शान्ति प्रक्रियाका लागि पहल गर्न भारत तयार रहेको बताएका हुन् । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत सदैव शान्तिको पक्षमा रहेको पनि बताए ।

रुसको निकट साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धमा रुसको आलोचना गरेको छैन भने पश्चिमा मुलुकजस्ता रुसमा प्रतिबन्ध पनि घोषणा पनि गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here