पथरीशनिश्चरे,
पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा अवस्थित पथरी बजारमा आज पनि अतिक्रमित गरी ब्यापार गर्ने र अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनहरुलाई कारवाही गरिएको छ ।
पथरीशनिश्चरे नगर कार्यपालिका अन्तर्गतको भौतिक पूर्वाधार समितिका संयोजक विरध्वज शिवा, नगरपालिकाका योजना तथा प्रशासन शाखाका कर्मचारीहरु र नगर प्रहरीको सक्रियतामा कारवाही गरिएको हो ।
बजारमा अव्यवस्थित पार्किङ गरेर राखिएको ४ वटा वटा र अतिक्रमित गरी व्यापार गर्ने व्यापारीहरुलाई कारवाही गरिएको छ । यस्तै बजारको मुख्य सडकहरुमा नो पार्किङ र नो हर्न लेखिएको स्टेण्डहरु पनि राखिएको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।