माईमा मिसन ग्रास रुट अभियान जारी

0
252

इलाम ।

नेकपा एमाले मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९ बिहीबार माई-४ को सुखानी सामुदायिक अध्ययन केन्द्रमा सम्पन्न भएको छ।

माई-२ र ४ का पार्टी सदस्य सहभागि रहेको कार्यक्रमलाई पुर्ब मन्त्री एवम नेकपा एमालेका केन्द्रीय सदस्य बसन्त कुमार नेम्वाङ, प्रदेश कमिटी सदस्य टंक भट्टराई, प्रदेश कमिटी सदस्य ध्रुब श्रेष्ठ र जिल्ला कमिटी उपसचिव बिष्णुमाया आचार्यले पार्टीका सिद्धान्त, विचार, भुमिका बारेमा प्रशिक्षण गर्नु भएको थियो।

कार्यक्रममा अभियान सफलताको लागि नेकपा एमाले माई नगरकमिटी अध्यक्ष खम्बा सिं लिम्बु, २ नम्बर वडा अध्यक्ष उर्द बहादुर राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

मिसन ग्रासरुट अन्तरगत वडा नं २ को अबस्थाको प्रतिवेदन सचिव डिक बहादुर निरौला र ४ को प्रतिवेदन सचिव धनबहादुर मगरले प्रस्तुत गर्नु भएको थियो।

एमाले माई-४ पार्टी अध्यक्ष जीत बहादुर केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन माई-२ पार्टी सचिव डिक बहादुर निरौला गर्नु भएको थियो।

गत फागुन ५ गतेबाट शुरु भएको मिसन ग्रासरुट कार्यक्रम आगामी बैशाख-९ गते सम्म सञ्चालन हुने बताईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here