हिन्दू राज्य घोषणा र जातीय आरक्षण खारेज नगर्दा आन्दोलन निरन्तर

0
162

रुपन्देही ।

क्षत्री समाज नेपालले मुलुकलाई हिन्दू राष्ट्र घोषणा, जातीय आरक्षण खारेज गर्दै आफूहरुलाई आदिवासी जातिमा सूचिकृत गर्न माग गरेको छ ।

पछिल्लो जनगणनामा २१.२५ प्रतिशत जनसंख्या रहेको समाजले आफ्ना यी माग पूरा नहुँदासम्म आन्दोलन निरन्तर चलिरहने जनाएको छ ।

बुटवलमा यही चैत ४ र ५ गते हुने समाजको दोस्रो केन्द्रीय परिषद भेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा समाजले यस्तो माग गरेको हो ।

समाजले आम खस क्षत्री जातिलाई आदिवासी जातिमा सूचीकृत गर्न, आरक्षणको व्यवस्था जातीय नभई वर्गीय आधारमा गर्न, विपन्न, गरिव, पिछडिएका वर्गलाई जातीयरुपमा नहेरी सहयोग आरक्षण व्यवस्था गर्न, खस र आर्यको व्यवस्था अलग अलग रुपमा गर्न पनि माग गरेको छ ।

त्यस्तै, राष्ट्र र राष्ट्रियताविरुद्ध हुने सबैखाले हस्तक्षेप बन्द गर्न, खस राष्ट्रिय आयोगको गठन गर्न, आर्थिक तरलता व्यवस्थापन, रोजगारी सिर्जना गर्न र क्षत्री समाजको नेतृत्वमा भएको विविध आन्दोलनहरुमा सरकारले गरेको सम्झौताको पूर्ण कार्यान्वयन गर्न पनि समाजले माग गरेको छ ।

समाजले आफ्ना मागहरुलाई केन्द्रीय परिषद भेलामार्फत प्रभावकारीरुपमा उठाइने भन्दै यसका लागि दवावमूलक कार्यक्रम गर्ने बताएको छ । केन्द्रीय परिषदको पहिलो दिन बुटवल बजारको परिक्रमा सहित समाजको भवन रहेको स्थान हिलपार्कमा पुगी सभामा परिणत हुने केन्द्रीय उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक केष्णबहादुर थापाले बताए ।

दोस्रो दिन केन्द्रीय, प्रदेश, जिल्ला तथा भातृ समाजका प्रतिनिधिहरुको भेला हुने महासचिव केशबहादुर केसीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here