नेपाल भारत बीचको अटुट मित्रव्रत सम्बन्ध, धुमिल पर्ने प्रयास असफल

४ चैत्र २०७९, शनिबार मा प्रकाशित

काठमाडौं,

विभिन्न बहानामा नेपाल भारतका जनताहरु विच दरार उत्पन्न गराउने षड्यन्त्रहरु वेला वेलामा गराइरहेको हुँदा त्यस्ता तत्वहरुबाट सचेत एवं सावधान रही सदियौं देखि चलिआएको मित्रव्रत व्यवहारलाई अंगिकार गर्नुपर्ने नितान्त आवश्यक रहेको छ ।

नेपाल भारतलाई छुट्याउन सीमा छ तर दुबै देश बीच रहेका सीमाले नागरिकलाई कुनै फरक वा प्रभाव पार्दैनन किन भने दुबै देशका नागरिकहरु सहज रुपमा वारीपारी आवागमन गर्ने गरेको हो । तर नेपाल भारतका जनताहरु दुबै देशको हितमा रहेर अवाञ्छित गतिविधि एवं अपराधका कार्यहरुबाट टाढा रहनुपर्ने, सामानहरु वारिपारी गर्दा वैध बाटो भएर राजस्व तिरी मात्रै लैजानुपर्ने अन्यथा चोर बाटो भएर जानआउने कार्यलाई एसएसबी र सशस्त्र प्रहरी दुबैले नियन्त्रणको लागि सीमा क्षेत्रमा अहोरात्री निगरानीमा राखेका छन् ।

यसै सन्दर्भमा महोत्तरीको सम्सी कन्वा नाका भएर इलेक्ट्रोनिक्स सामानहरु चोर बाटो भएर नेपाल भित्रयाउन खोज्दा भारतीय सुरक्षाकर्मी एसएसबीले नियन्त्रणमा लिन खोज्दा तस्कर समुहले अनावश्यक नेपाली क्षेत्रमा हो हल्ला गराएर अर्कै रुपमा दिन खोजेको गम्भीर आरोप लगाइएको छ ।

सम्सी गाउँपालिका ७ का सन्तोषकुमार साह सीमा वारीपारी गर्ने कारोवारी रहेको हुँदा नेपालबाट इलेक्ट्रोनिक्स सामान लिएर भारत तर्फ जाँदा एसएसवीले उनलाई रोकेपछि उनीहरुले विवाद सृजना गरिएको भारतीय सुरक्षा अधिकारीहरुले बताए ।

नेपाली सीमा क्षेत्र भएर भारतमा प्रवेश गर्न खोज्दा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवाद भएको गत बुधवार दिउसो साढे ५ बजेतिर साहलाई एसएसबीले कुटपिट गरेको आरोप केही तस्कर समुहले लगाएर नेपाल भारत बीच तनाव उत्पन्न गराउन खोजेका छन् ।

स्थानीय प्रत्यक्षदर्शी बासिन्दाहरुका अनुसार हामीहरुको सम्बन्ध ठिक छ तर कहिलेकाँही तस्करहरुको कारण सीमा क्षेत्रमा तनाव उत्पन्न हुने गरेका हुन् । बैद्य तवरबाट कारोवार गरेमा दुबै देशका जनताहरुमा यसप्रकारको झै झगडा हुन नसक्ने दाबी गरे ।

नेपालबाट भारत तर्फ जाने सामानहरु माथि रोकलगाएपछि अकुत रकम कमाउन पल्केकाहरु यतिवेला निकै चलखेल गर्नमा व्यस्त रहेको पाइन्छ । नेपाल भारत बिचको सम्बन्ध माथि आँच पुर्याउन विभिन्न शक्तिहरु चलखेल गरिरहेको छ, सोही चलखेलमा परेर स्थानीय स्तरमा एसएसबी विरुद्ध आक्रोश भड्काउने काम भएको हुँदा चाँडै यस्ता गतिविधि नगर्न नगराउन सम्बध पक्षहरु समयमै सचेत हुनुपर्ने नितान्त आवश्यक देखिन्छ ।

सस्तो लोकप्रियताको लागि केही अनलाईनहरु नेपाल भारत विच द्धन्द सृजना गराएर आफनो टिआरपीलाई बढाउने प्रयासमा यति सम्म भुलिहाल्छन् कि, अनलाईन संचारमाध्यमलाई चौतर्फी रुपमा मानिसहरु हेरिरहन्छन, राम्रो समाचारबाट समाजमा सकारात्मक प्रभाव पर्ने गर्दछ र भ्रम सृजना गर्ने समाचारबाट द्धन्द, कलेशको साथै नराम्रो असर पर्छ जसको ज्वलन्त उदाहरण सम्सीलाई लिनुपर्छ किन भने सम्सीमा विना मतलवको विना आँकाक्षाको, आफनो स्वार्थपूर्तीका लागि विवाद मात्रै सृजना गराउन षड्यन्त्र भएको हुँदा त्यस्ता विवादहरुबाट टाढा रहनुपर्ने आजको आवश्यक्ता रहेको छ र सीमा क्षेत्रका जनताहरु एक आपसमा भाईचारी, अमन चैनको साथ बस्दै सीमा क्षेत्रको सुरक्षामा तल्लिन रहेको पाइएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा विवाद गराएर कसलाई र किन फायदा छ, त्यस तर्फ विचार गरेर मात्रै कदम उठाउनु पर्छ नत्र द्धन्दको समाधान द्धन्द होइन् शान्त भएर समस्याको जडमा पुग्नुनै महत्वपूर्ण कुरा रहेका छन् ।

नेपाल भारतको सम्बन्ध आजको होइन, जुनसुकै बेला टुट्न सक्छ, यो सम्बन्ध एतिहासिक, पारस्परिक, मित्रता, बेटीराटी, भौगोलिक, साँस्कृतिक, धार्मिक लगायतको विभिन्न बहुयामिक रहेको हुँदा यसप्रकारको घटनालाई निरुत्साहित गर्नुपर्नेमा केही क्षणिक रुपमा राजनीतिक गर्ने दलका नेताहरु पनि संलग्न रहेर भारत नेपाल विच तनाव खडा गर्ने कार्यमा संलग्न रहेको हुँदा त्यस्ता नेताहरुलाई सामाजिक बहिष्कार गरेर मित्रब्रत सम्बन्धलाई राम्रो कायम राख्न विधिको शासनलाई अंगिकार गरी दुई देशका कानुन अनुसार हिड्नुपर्ने आजको आवश्यक्ता रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here