चिनियाँ लगानीले नेपालमा पार्नेसक्ने आर्थिक र पर्यावरणीय असर

0
157

काठमाण्डौं । 

विश्वभर पुर्बधार बिकास र आर्थिक समृद्धिको सपना बाढेर अबिकसित र गरीबमुलुकहरुलाइ महँगो ब्याजदरमा ऋणलगानी गरिरहेको चीनले नेपालमा पनि ऋणलगानीको नीतिलाइ आक्रमक बनाउन खोजिरहेको छ ।

चीनले ऋणमार्फत पुर्बधार निर्माण र लगानिलाइ नेपाल प्रवेश गराउने निति आनुसार नै झापाको दमक क्लिनपार्क,केरुङ – काठमाडौ रेल मार्ग तथा सगरमाथा छिचोलेर सुरुङ्ग रेलमार्ग सम्मका योजनालाइ नेपाल प्रवेश गराएको छ । जलविधुत देखि बैंक सम्मका क्षेत्रमा थरी थरीका प्रस्ताव ल्याएर नेपाल आफ्नो प्रभुत्वको विकास गरिरहेको छ ।

जसले नेपालमा चिनिया हस्तक्षेपको परिद्धष्य देखाउंछ । नेपालसंग आर्थिक साझेदारीमा आक्रमक र हस्तक्षेपकारी कुटनिती अख्तियार गरेको चीनले नेपालको आर्थिक क्षेत्रमा उपस्थिती मात्र बढाएको छैन, नेपाललाई ठुलोआर्थिक संकटमा धकेल्न पनि मुखर भएर लागेको छ ।

सिमाना लामो जोडिए पनि लामो समय नेपालको लागि भुमिगत जस्तै भएको चीनले पछिल्लो दशकमा नेपालमा आफ्नो विस्तारलाई तीव्र बनाईरहेको छ । विश्वमा बढ्दै गईरहेको शक्तिराष्ट्रहरुको तीव्र धुव्रीकरण संगै चीनले गरिब, अविकसित देशहरुमा आफ्नो आर्थिक प्रलोभनकारी हस्तक्षेपलाई ह्वातै बढाएको छ ।

चीनको यो रणनितिले ति मुलुकहरुमा जोखिम अत्याधिक बढेर गएको छ । केही बर्षहरुबाट नेपालसंग चीनको बाक्लिएको राजनैतिक , कुटनितिक,व्यापारिक चासोले नेपाल प्रतिको चीनको धारणा पुष्टि गर्छ । राजनैतिक संक्रमण भोगिरहेको नेपालमा अवसरको खोजी गर्दै आईरहेका चीनियाहरुले साना होटल देखि पुर्वाधार निर्माणका ठुला परियोजना सम्ममा कब्जा जमाउने रणनिती लिईरहेका छन् । चीनको महत्वका साथ अघि बढाइरहेको केरुङ्ग काठमाण्डौ रेलमार्ग उसको आफ्नै निहित स्वार्थ छ । केरुङ्ग–काठमाण्डौ रेल संचालनमा ल्याए पछि चीनको निर्यात व्यापार बढेर दोब्बर बनाउने उसको ध्यान छ । दक्षिण एसियाका मुलुकसंग व्यापारलाई वृद्धि गर्न पनि चीनले यो मार्गलाई बढी महत्व दिदै आईरहेको छ ।

तर नेपालको पर्यावरणिय क्षेत्रमा पार्ने असरलाई लिएर भने विज्ञहरु चिन्तित रहेका छन् । लगानीको हिसावले पनि २ खर्व ९५ अर्व रुपैया खर्च लाग्ने यो परियोजनाको हिमाली भेगका अधिकांश स्थानमा पुल र सुरुङ्ग मार्ग रहने छ । यसले नेपालको पर्यावरणिय क्षेत्रमा गम्भिर असर पुर्याउने छ । यसबाट नेपालले भविष्यमा ठुलो जोखिम उठाउनु पर्ने देखिन्छ । अहिले पनि चीनको यो आर्थिक आक्रमक लगानीको नितिले नेपालको भविष्यलाई नै खतरा पार्ने अवस्था सिर्जना भएको छ ।

एकातिर ह्वातै बढेको ऋण र कुल ग्राहस्थ उत्पादनले समेत धान्न नसक्ने सो ऋणको व्याजले नेपाललाई गम्भिर आर्थिक संकटमा पार्ने देखिन्छ । चीनले नेपाललाई उपनिवेसमा परिणत गर्ने,सैन्य बलका आधारमा प्रभुत्व कायम गर्ने, नेपालमाथि आफ्नो प्रभुत्व मुलत आर्थिक साहयता, सांस्कृतिक माध्यम,गैर सरकारी संयन्त्र जस्ता सफ्टपावर प्रयोग गरी आफ्नो मुद्धालाई स्थापित गराउने रणनिती चीनले अख्तियार गर्दै आईरहेको छ ।

चीनले प्रस्ताव गरेको अर्को रेलमार्ग हो । सगरमाथाबाट भुमिगत रेलमार्ग हो । करिब आठ खर्वको ऋण सहयोगमा वन्ने उक्त परियोजना चीनको झन महत्वकांक्षी योजना बन्न पुगेको छ । रेलमार्गको लागि भनेर बनाईएका विशाल सुरुङ्गहरुमा भविष्यमा चीनले मिसाईलहरुको भण्डारण गर्न सक्ने ठुलोचुनौती रहेको छ । सगरमाथा आधार क्षेत्रबाट सुरुङ्ग बनाउंदा सगरमाथा भासिन सक्ने, अपार खनिज पदार्थहरुको उत्खननले सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुमा धेरै कमि आउने सम्भावनाहरु पनि रहेका छन् ।

यसरी नेपालको पर्यावरणिय र आर्थिक अवस्थामा गम्भिर खतरा पैदा हुन सक्ने खतरा रहेकोले नेपालले आफ्नो राष्ट्रियता र सार्वभौमिकता रक्षा गर्दै नेपालको अहित हुने कुनैपनि सन्धि सम्झौता चीन संग गर्न नहुने जनमानसको बुझाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here