नवोदित कानुन व्यवसायीलाई अनुशासनमा रहन आग्रह

0
169

विमल दहाल, बिराटनगर ।

कानुन व्यवसायमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कानुन व्यवसायी आचारसंहिता र अनुशासनमा रहि कार्य गर्न आग्रह गरिएको छ।

बिराटनगरमा सम्पन्न नेपाल कानुन व्यवसायी परिषदले सन्चालन गरेको अधिबक्ताको ३०औं परीक्षामा उर्तिण भएका कानुन व्यवसायीहरुको लागि सञ्चालित ३ दिने पुर्व व्यवसायिक आधारभूत तालिम समापन कार्यक्रममा अतिथिहरुले सो कुराको जानकारी गराउनु भएको हो। नेपाल कानुन व्यवसायी परिषदका महासचिव अनिता खनाल प्रमुख अतिथि रहेको समापन कार्यक्रममा कानुन व्यवसायमा चुनौती रहेको, आफ्नो विज्ञता र स्वभावले आफ्नो पहिचान गर्ने बताईएको थियो ।

नेपाल कानुन व्यवसायी परिषद केन्द्रीय पार्षद प्रेम प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा पुर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य, बरिष्ठ अधिवक्ताहरु सुरेशलाल श्रेष्ठ, शान्तिराम भण्डारी, हेमराज पन्त, देवी बहादुर घिमिरे, माघब प्रसाद भट्टराई, नेपाल वार काउन्सिल सदस्य सिता पौडेल, सहभागीहरु तिलक कालिकोटे र सुनिता नेम्वाङले शुभकामना मन्तब्य राख्नु भएको थियो।

काठमाडौं बाहिर गण्डकी प्रदेश र कोशी प्रदेशमा पहिलो पटक शुरु भएको ३ दिने पुर्व व्यवसायिक आधारभूत तालिम कोशी प्रदेशको उच्च बार एसोसिएसनको कार्यालय बिराटनगरमा सोमवार सम्पन्न भएको हो । काठमाडौंमा भने आगामी चैत २१ सम्म बिभिन्न चरणमा तालिम सञ्चालन भइरहेको छ।

कानुन व्यवसायीका लागि आधारभूत तालिम कायमुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशीको प्रमुख आतिथ्यता र नेपाल कानुन व्यवसायी परिषद केन्द्रीय पार्षद प्रेम प्रसाद पोख्रेलको अध्यक्षतामा शनिवार शुरु भएको थियो। उद्घाटन कार्यक्रममा अतिथिहरुले कानुन व्यवसायीमा धैर्यता, मेहनत, इमान्दारिता र अध्यायनशीलता हुनु पर्ने बताउनु भएको थियो । वहाँहरुले नव प्रवेशी कानुन व्यवसायीलाई पेशागत राजकीय पेशा भएकाले व्यवसायीहरुले आचरणको ख्याल गर्नुपर्ने,जसरी पनि मुद्दा भेला गर्नु पर्छ भन्ने सोचलाई हटाउनु पर्ने, परम्परागत रूपमा लामो बाक्य, अर्थ नलाग्ने बाक्य समाबेश गर्न नहुनु लगायतका विषयमा जानकारी दिनु भयो।

कोशी प्रदेशका मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्य, वारका उपाध्यक्ष सुरज खत्री,बरिष्ठ अधिबक्ता चुडामणि आचार्य लगायतले तालिम सफलताको शुभकामना दिनु भएको थियो। तालिमको पहिलो दिन वरिष्ठ अधिवक्ता गणेशराज लुईटेल, सुरज खत्री, बिनोद कुमार तिम्सिना, राम प्रसाद दहाल र कल्याण केशीले सहजीकरण गर्नु भएको थियो ।

दोस्रो दिन कायमुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी, अधिबक्ता नारायण वस्ती, सागर घिमिरे, बरिष्ठ अधिवक्ता दिल बहादुर कार्की, माधब भट्टराई र तेस्रो दिन मोरङ जिल्ला अदालतका माननीय न्यायधीस दुर्गा प्रसाद ढुङ्गेल, बरिष्ठ अधिवक्ता रमेश कोईराला, सुरेशलाल श्रेष्ठ, अधिबक्ता पेशल कुमार न्यौपाने, विकास थापाले सहजीकरण गर्नु भएको थियो।

तालिम काठमाडौं, गण्डकी र कोशी प्रदेशमा एक साथ शुरु भएको थियो । विराटनगरमा शुरु भएको तालिममा कोशी र मधेश प्रदेशका ५८ जना नव कानुन व्यवसायीहरु सहभागी रहेका थिए । नव कानुन व्यवसायीहरुलाई प्रमाण पत्र, लोगो, परिचयपत्र लगायतका प्रमाण पत्र प्रमुख अतिथि खनाल र केन्द्रीय पार्षद पोख्रेलले प्रदान गर्नुभएको थियो । तालिम कार्यक्रमको सन्चालन अधिबक्ता बिनोद तिम्सिनाले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here