उत्तर काेरियामा खाद्यसंकट, सेना खट्याे

0
104

काठमाडाैं।

उत्तर कोरियामा अन्नबाली रोप्न र उब्जाउनका लागि हजारौं सैनिकहरू खटाइएका छन् ।

त्यहाँको सेनाले आफ्नो हतियार कारखानामा केही परिवर्तन गरी ट्य्राक्टर र थ्रेशिङ मशिन किन्न थालेको द न्युयोर्क टाइम्समा चोए साङ–हुन लेख्छन् । केही एयरफील्डहरूलाई ग्रीनहाउस बनाइएको छ । सैनिकहरूलाई सेवा अवधि तीन वर्ष बढाएर कृषिमा बिताउन भनिएको छ ।

उत्तरका सर्वोच्च नेता किम जोङ उनले सेनालाई खाद्य उत्पादन वृद्धिको प्रमुख कारक बन्नका लागि आह्वान गरेका छन् । खाद्यान्न अभाव झेलिरहेको उत्तर कोरियाका लागि यो आर्थिक र भूराजनीतिक बाध्यता हो । सन् २०१६ देखि उत्तरको आणविक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । त्यसले गर्दा उसका निर्यात ठप्प भएका छन् अनि नगद कमाउने क्षमता ध्वस्त भएको छ ।

पछि कोभिड महामारीका कारण सीमा बन्द भएपछि चीनसँगको थोरबहुत व्यापार पनि सीमित बनेको थियो । खाद्य संकट उत्तर कोरिया आफैंले सम्हाल्न नसक्ने निष्कर्ष निस्किएमा मात्र चीनले उसलाई सहायता गर्नेछ ।

किमले गत फेब्रुअरीमा आफ्नो वर्कर्स पार्टीको बैठक बोलाउँदा खाद्य संकट नै प्रमुख एजेन्डा थियो । गत सप्ताहान्तमा किमले सेन्ट्रल मिलिटरी कमिसनको अध्यक्षता गर्दा सरकारी सञ्चारमाध्यमले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको सानो उल्लेख मात्र गरेको थियो । किमले खाद्यान्न उत्पादन बढाउन चलाएको अभियानमा नै बढी जोड दिइएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here