सुरुङ्गा खानेपानीमा १९ जनाको उम्मेदवारी

८ चैत्र २०७९, बुधबार मा प्रकाशित

सुरुङ्गा,

सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नयाँ सञ्चालक समिति चयनका लागि ९ पदका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदका लागि भीमप्रसाद अधिकारी र प्रेमप्रसाद चुडालले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा तिलचन्द्र उप्रेती र राजेन्द्र उप्रेतीको उम्मेदवारी परेको छ भने सचिव पदमा कृष्णप्रसाद चुडाल र गोविन्दप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदमा धनबहादुर बोगटी र खेमराज कार्कीले उम्मेदवारी दर्ज गरेका छन् । ५ जना सदस्य पदका लागि ११ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

खुला तर्फ ३ सदस्यमा उम्मेदवारी दिनेमा राजकुमार फुयाँल, सूर्य गुरुङ, खगप्रसाद प्रसाईं, भरतकुमार श्रेष्ठ, गोपाल खरेल , लक्ष्मीप्रसाद ओडारी र माधव पोखरेल रहेका छन् ।

२ महिला सदस्य पदका लागि शोभा खरेल , हरिमाया राई , देवीमाया न्यौपाने भण्डारी र गोमादेवी निरौला (ढुंगेल) को उम्मेदवारी परेको छ ।

निर्वाचन ३ वर्षे कार्यकालका लागि आगामी चैत १८ गते हुँदैछ । हाल सो संस्थामा ४ हजार १ सय २८ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गर्न जनार्दन उप्रेती संयोजक, सोमनाथ उप्रेती र अम्बिका चापागाईं ( सुवेदी) सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here