भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन

९ चैत्र २०७९, बिहीबार मा प्रकाशित

काठमाण्डौं ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको छ ।

पेन्टागनका प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले भारतसँग अमेरिकाको निकै लामो समयदेखि रक्षा सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिने जनाएका हुन् ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको हो । रुसको साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धलाई लिएर रुसको विरोध गरेको छैन ।

पत्रकार सम्मेलनका क्रममा ब्रिगेडियर जनरल राइडरले आफ्नो मुलुकले युक्रेनलाई गर्दै आएको सहयोग र समर्थनलाई जारी राख्ने बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here