छविराज ढकाल/ पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे-१ स्थित पथरी बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीहरूको लागि बधाई तथा शुभकामना कार्यक्रम भएको छ।
आज शुक्रबार पथरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि गठित निर्वाचन आयोगको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। हालै निर्वाचित स्वबियु कार्यसमितिका पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण तथा बधाई, शुभकामना आदनप्रदान एवम् निवर्तमान कार्यसमितिलाई धन्यवाद तथा बिदाई गरिएको थियो।
सोहि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पथरी बहुमुखी क्याम्पसका संचालक समितिका उपाध्यक्ष माधव प्रसाद कोइरालाले ूतपाईं विद्यार्थीहरूको हक हित र अधिकारको लागि सदैव लागिरहेको र आगामी दिनमा पनि लागिरहने प्रतिबद्धता जनाउँदै निवर्तमान स्ववियु कार्य समितिका पदाधिकारीहरुलाई धन्यवाद सहित आभार प्रकट गर्दछुू भन्नुभयो।
सोहि क्रममा पद तथा गोपनियताको सपथ तथा पदीय जिम्मेवारी ग्रहण गर्दै नवनिर्वाचित स्वबियु सभापति केशर राईले ूपथरी बहुमुखी क्याम्पसका बिद्यार्थीको हक हितको लागि काम गर्नेछु , परीक्षा सञ्चालन भएको समयमा बिद्यार्थीको सहज यातायातका लागि बसको व्यवस्था मिलाउनेछु ू बताउनुभयो। उनले एस ।ई। ई। परीक्षा केन्द्र परिवर्तन भएको भन्ने विद्यार्थीहरुको बढि गुनासो आइरहेकोले तत्काल समस्या समाधान गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
पथरी बहुमुखी क्याम्पस मातहतको निर्वाचन आयोगका अध्यक्ष उपेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पथरी बहुमुखी क्याम्पस प्रमुख शान्ति राम तिम्सिना, पूर्व क्याम्पस प्रमुख चेतन पौडेल, निवर्तमान स्ववियु सभापति गिरीश सांवा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्यानल नै निर्वाचित भएका थिए। सभापति पदमा नेविसंघका केशर थुलुङ राई , नेविसंघका भुपाल खतिवडा सचिव तथा अखिल क्रान्तिकारीका खगिन मगर कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् भने सदस्यहरू पदका लागि क्रमशः नेविसंघका सबिन आचार्य, गंगा राम शाह , सोमनाथ फुयाल, अखिल क्रान्तिकारीकी प्रितिका भट्टराई र एकीकृत समाजवादीका प्रकाश शिवा निर्वाचित भएका हुन्।
कुल ५ सय ४९मतदान भएको उक्त निर्वाचनमा सभापति पदका उम्मेदवार नेवि संघका केशर थुलुङ राईले ३ सय ७० मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उज्वल लकान्द्रीले १ सय ९४ मत प्राप्त गर्दै पराजित भएका थिए। लकान्द्रीले १ सय ७६ मत पाएका थिए ।
त्यस्तै, सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सचिव भुपाल खतिवडाले ३ सय ६० मत पाएर निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत पाएर पराजित भए ।