केर्खामा ९७ जनाले गरे रक्तदान

१० चैत्र २०७९, शुक्रबार मा प्रकाशित

कमल ।

झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा आज आयोजित वृहत रक्तदानमा ९७ पिन्ट रगत संकलन भएको छ ।

वडा कार्यालयमा आयोजित रक्तदानमा २३ महिला सहित ९७ जनाले रगतदान गर्नु भएकोथियो ।

. उक्तदान साहारा नेपाल साकोस , कमल नगर जेसीज र लायन्स क्लव अफ केर्खाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सासोईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको थियो ।

कार्यक्रमकाे अध्यक्षता साहारा नेेपाल साकाेस सेवाकेन्द केर्खा  संयाेजक शिव प्रसाद भट्टराईले गरेका थिए ।  कमल नगर जेसीजका अध्यक्ष रिजु कार्की,कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने लगायतको आतिथ्यमा भएको रक्तदानमा कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोइराला लगायतले रगतदान गर्नुभएको थियो ।
.
रक्तदाताहरुलाई प्रशंसा स्वरुप फुलको विरुवा हस्तान्तरण गरिएको थियो .।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here