झापामा हतकडीसहित थुनुवा फरार

१० चैत्र २०७९, शुक्रबार मा प्रकाशित

झापा ।

झापाको बिर्ताबजारको प्रहरी चौकीबाट एकजना थुनुवा हतकडी सहित फरार भएका छन् ।

बिहीबार बिहान २ बजेको समयमा शौचालय लैजाने क्रममा उनी हतकडीसहित फरार भएका हुन् । मंगलबार बेलुका बिर्तामोड–३ का २५ बर्षीय प्रबिण माझीलाई चोरी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका लागि चौकीमा राखिएको अबस्थामा उनी राति नै फरार भएको प्रहरीले जनाएको छ । बिहान खोजी गर्ने क्रममा खेतमा हतकडी भेटिएको तर माझी भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस विषयमा बुझदा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले थुनुवाको खोजी भइरहेको बताए । हतकडी भेटिएपनि माझीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । पछिल्लो समय झापामा चोरीका घटना बढेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here