चीन रुस रास्ट्रपतिको भेटले , भारतलाई कुनै असर नहुने

११ चैत्र २०७९, शनिबार मा प्रकाशित

मस्को,

चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणलाई जोडेर रुसले कडा प्रतिक्रिया दिएको छ । रुसले भारत र रुस रक्षा सम्बन्धलाई लिएर यस्तो सोच्ने विज्ञहरुप्रति दुःख लागेको बताएको छ । रुसले विगतमा धेरै पटक रुस–चीन सम्बन्धलाई भारत–रुस सम्बन्धसँग जोडेर हेर्न नहुने बताएको छ ।

रसियाको दुवै देशसँग फरक सम्बन्ध छ। वास्तवमा रुसले युक्रेनमा आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ शान्तिको प्रस्ताव लिएर मस्को पुगेका थिए । यद्यपि पश्चिमी देशहरूले उनको भ्रमण शान्तिका लागि कम र रुसलाई समर्थन गर्न बढी भएको दाबी गरेका छन् । चीनले संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध ल्याइएका हरेक प्रस्तावको विरोध गर्दै आएको छ ।

भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले सि जिनपिङको रुस भ्रमणको नतिजालाई लिएर आजकल विश्लेषणको बाढी आएको बताउनुभयो । यस्तो देखिन्छ कि भारतका धेरै प्रतिष्ठित विशेषज्ञहरूले रुस-चीन सम्बन्धलाई रुस-भारत रणनीतिक साझेदारीको लागि हानिकारक मान्छन्।

यो उहाँको व्यक्तिगत सोचको कुरा हो, तर हामीलाई उहाँप्रति दुःख लाग्छ। रुसी राजदूतको यो टिप्पणीलाई ठट्टाको रुपमा हेरिएको छ । भारतले पनि युक्रेन युद्धमा रुसको खुलेर आलोचना गरेको छैन । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनसँगको भेटमा युद्धविरुद्धको वक्तव्य पक्कै दिएका छन् । प्रधानमन्त्री मोदीले यो युद्धको समय नभएको बताएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here